गैंडाकोटमा ३ वटा गाडी एकैठाउँ ठाेक्किए
२०८२ चैत १६ गते

काठमाडौं । नवलपुरको गैंडाकोट नगरपालिका ९ हनुमान मन्दिर नजिक ३ वटा गाडी एकैठाउँ ठाेक्किएर दुर्घटना भएको छ । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।
घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवम् डीएसपी अनिल पण्डितले जनाएका छन् ।
उनका अनुसार नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०९१० नम्बरको बसले गैंडाकोटबाट भेंडाबारी तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी र सोही दिशा तर्फबाट जाँदै गरेको बा ३ ख ३१६३ नम्बरको ट्रकलाई समेत ठक्कर दिएको थियो ।
आज बिहान ६:४५ बजेको समयमा भएको दुर्घटनामा तीनवटै गाडीका चालकहरु घाइते भएका छन् । अन्य ८–९ जना पनि सामान्य घाइते भएको र विस्तृत विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ ।
२०८२ चैत १६ गते
प्रतिक्रिया
सम्बन्धित








