नेपालगन्जको कोरियनपुर घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउ

नेपालगन्ज । यहाँको नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा आगोले जलेको अवस्थामा भेटिएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले एक जना पुरुष र दुई महिलासहित तीन जनालाई आज पक्राउ गरिएको जानकारी दिए । पीडित पक्षले पाँच जनाको नाममा किटानी जाहेरी दिए पनि तीन जनालाई पक्राउ गरिएको उनले बताए ।

गएराति नेपालगन्ज—१२ कोरियनपुरस्थित भेरी प्राविधिक शिक्षालय नजिकै जलेर घाइते भएको अवस्थामा भेटिएकी युवतीको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको थियो ।

सुरुमा पहिचान नखुले पनि अनुसन्धानका क्रममा निज नेपालगन्ज–१२ कोरियनपुरकै २२ वर्षीया सिर्जना बुढा मगर भएको पत्ता लागेको प्रहरी नायब उपरीक्षक पातलीले जानकारी दिए ।

पक्राउ परेकाबाहेक अन्य व्यक्तिको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =