सहकारी ठगी प्रकरणः रवि लामिछानेको अर्को तारेख वैशाख १४ गतेलाई तोकियो

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सहकारी ठगी प्रकरणमा अर्को तारेख तोकेको छ । जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार, लामिछानेको मुद्दाको सुनुवाइ वैशाख १४ मा हुनेछ ।

आज लामिछाने अदालत पुगेर आफूविरुद्धको तारेख बुझ्न पुगेका थिए । उनीविरुद्ध काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थासँग सम्बन्धित ठगी प्रकरणमा मुद्दा दर्ता छ ।

यस प्रकरणमा स्वर्णलक्ष्मीका ६९० जना बचतकर्ताले ९३ वटा किटानी जाहेरी दिएका थिए । लामिछानेविरुद्ध ०८१ पुस २१ मा सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएको थियो ।

अदालतमा पेश गरिएको उजुरीमा गोरखा मिडिया नेटवर्कमार्फत कानुन विपरीत ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ स्वर्णलक्ष्मी सहकारी संस्थाबाट लगिएको बताइएको छ । सरकारी वकिलले सो रकम बिगो माग दाबी गरेका छन् ।

हाल लामिछाने थुना बाहिरै बसेर आफ्नो मुद्दा लडिरहेका छन् । उनी चितवन–२ बाट निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + eight =