स्रोत नखुलेको ९ लाख सहित एक जना पक्राउ

काठमाडौँ । चैत १२ गते पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका– १६ भन्सार मेनगेटबाट श्रोत नखुलेको ९ लाख रुपैयाँ सहित एक व्यक्तिलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा सीमा सुरक्षा गुल्म पर्सा वीरगन्जले भारतबाट नेपालतर्फ आउँदै गरेको ना २ प ९५८७ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा मोटरसाइकलको सिट कभर मुनि प्लास्टिकमा प्याक गरी लुकाई छुपाई ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको नगदसहित सोही महानगरपालिका–८ बस्ने ४४ वर्षीय अनिल कुमार शाहलाई नियन्त्रणमा लिएको हो ।

निजको साथबाट नेपाली रुपैयाँ १ हजार दरको ९ सय थान बरामद भएको छ ।

नियन्त्रणमा लिइएका व्यक्तिलाई बरामद रुपैयाँ र मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बीरगंजमा बुझाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 17 =