यौनिक अल्पसंख्यक समुदायलाई वैवाहिक समानता र सामाजिक न्याय दिलाउन काम गर्छु: सांसद श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद भूमिका श्रेष्ठले यौनिक अल्पसंख्यक समुदायको हक र अधिकारको लागि आवश्यक कानुन निर्माण गर्न पहल गर्ने बताएकी छन् ।

बिहीबार पद तथा गोपनीयताको शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

यौनिक अल्पसंख्यक समुदायलाई वैवाहिक समानता, सामाजिक न्याय र राज्यका निकायमा अवसरको विषयमा आफू सक्रियता साथ काम गर्ने उनको भनाइ छ । उनले यौनिक अल्पसंख्यकसँगै समग्र जनताको हितमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

उनले भने ‘हाम्रो समुदायको अधिकारको रक्षा तथा नागरिकता, स्वास्थ्य, शिक्षा, वैवाहिक समानता र सामाजिक न्यायको कुराहरूको सन्दर्भमा ऐन तथा कानुनमा कसरी समावेश गर्न सकिन्छ भन्ने कुरा मेरो प्राथमिकतामा हुन्छ । र अब मेले मेरो आफ्नो समुदायको सँगै जनताको आवाज पनि बोल्नुपर्छ भन्ने बुझेको छु ।’

३९ वर्षीया श्रेष्ठ प्रतिनिधि सभामा पुग्ने पहिलो ट्रान्सजेण्डर महिला हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले उनलाई आदिवासी जनजाति समूहबाट समानुपातिक सांसद बनाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eight =