देश र जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौंः सुहाङ नेम्वाङ
२०८२ चैत १२ गते

काठमाडौँ । नेकपा (एमाले) का सांसद सुहाङ नेम्वाङले देश र जनताको हितमा हुने सबै निर्णयमा अब बन्ने सरकारलाई पार्टीले पूर्णरुपमा समर्थन गर्ने बताएका छन् ।
बिहीबार पद तथा गोपनीयताको शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
जनता र मुलुकको हितमा हुने सबै प्रकारका निर्णयमा सरकारलाई सहयोग गर्ने तथा कमीकमजोरी भए रचनात्मक सुझाव दिने बताए ।
उनले भने ‘देश र जनताको हितमा काम गर्नुपर्छ । अवश्य पनि मलाई विश्वास छ उहाँहरूले गर्नुहुन्छ । उहाँहरूले देश र जनताको हितमा काम गरेको बखत हामी साथ दिन्छौँ । कमीकमजोरी रहेछ भने हामीले रचनात्मक हिसाबले सम्झाउने तथा सल्लाह दिने काम गर्छौँ ।’
उनले जेनजी जाँचबुझ आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गरिसकेपछि पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने बताए ।
२०८२ चैत १२ गते
प्रतिक्रिया
सम्बन्धित








