रचनात्मक प्रतिपक्षको भूमिकामा रहेर काम गर्छौँः वर्षमान पुन
२०८२ चैत १२ गते

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले आफूहरूले रचनात्मक प्रतिपक्षमा रहेर सरकारलाई जवाफदेही बनाउन भूमिका निर्वाह गर्ने बताएका छन् ।
आज नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ समारोह सिंहदरबारमा उपस्थित उनले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै जनताको कार्यदेशअनुसार प्रतिपक्षमा रहेर संसदीय भूमिकामा रहेर काम गर्ने बताए ।
उनले विगतको संसदीय अनुभवलाई आफ्नो कार्यकालमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
२०८२ चैत १२ गते
प्रतिक्रिया
सम्बन्धित








