काठमाडौँ महानगर र त्रिवि कानुन संकायबीच कानुन तर्जुमा र परिमार्जनमा सहकार्य गर्ने समझदारी

काठमाडौँ । काठमाडौँ महानगरपालिका र त्रिभुवन विश्वविद्यालयको कानुन संकायबीच कानुनको तर्जुमा, परिमार्जन र कार्यान्वयनमा सहकार्य गर्ने गरी समझदारी (एमओयु) भएको छ ।

काठमाडौँ महानगरले कार्यान्वयन गरिरहेका कानुनहरूको परिमार्जन तथा कानुन तर्जुमा गर्नुपर्ने क्षेत्रहरूको अध्ययन तथा सुझावका लागि दुई पक्षबीच एमओयु भएको हो ।

एमओयु कार्यक्रममा बोल्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगालले स्थानीय सरकारका कामकारबाहीलाई थप व्यवस्थित र कानुनसम्मत बनाउन यो सहकार्य गरिएको जानकारी दिइन् ।

उनले संविधान र स्थानीय सरकार सञ्चालन ऐनको परिधिभित्र रही निर्माण गरिएका कानुनहरूको प्रभावकारी कार्यान्वयन र विद्यमान कानुनमा रहेका त्रुटिहरू सच्याउन यस सम्झौता महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । उनका अनुसार काठमाडौँ महानगरले हालसम्म १ सय ६० वटा कानुन निर्माण गरी कार्यान्वयन भइरहेका छन् ।

उनले भनिन् ‘आज काठमाडौँ महानगरपालिका र त्रिभुवन विश्वविद्यालयको कानुन संकायबीच एमओयु गरेका छौँ । यसको उद्देश्य स्थानीय सरकार सञ्चालन ऐन र संविधानमा टेकेर हामीले विभिन्न कानुनहरू बनाएका छौँ । जसले गर्दा स्थानीय सरकारले गर्ने कामहरू कानूनसंगत र काम गर्ने लय सधैँ एउटै होस् । हामीले हालसम्म १६० वटा कानुनहरू बनाइसकेका छौँ । ती कानुनहरू परिमार्जन गर्न तथा थप कानुन निर्माणका लागि पनि यस एमओयुले कानुन तर्जुमा गर्नुपर्ने क्षेत्र पनि औँल्याउनेछ भन्ने विश्वास लिएका छौँ । र हामीसँग भएका विद्यमान कानुनहरूको विश्लेषण गर्न पनि जरुरी छ । यस एमओयुले कानुनमा रहेका त्रुटि सच्याउँदै कानुनको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने विश्वास पनि लिएका छौँ ।’

सम्झौताअनुसार त्रिभुवन विश्वविद्यालयको कानुन संकायले काठमाडौँ महानगरपालिकाका विद्यमान ऐन, नियम र कार्यविधिहरूको कानुनी परीक्षण गर्दै आवश्यकताअनुसार नयाँ कानुन निर्माणका लागि प्राविधिक गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + eighteen =