नेपाल बैंक र ताजा बेकरी उद्योगबीच विशेष छुट सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेड र ताजा बेकरी उद्योगबीच विशेष छुट सम्झौता भएको छ ।

नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौँको चाबहिल, मुलपानी, पुतलीसडक, गल्कोपाखा, क्षेत्रपाटी, लगनटोल र सितापाइलामा अवस्थित ताजा बेकरी उद्योगद्वारा उत्पादित विभिन्न बेकरी वस्तुहरूका खरिद गर्दा लाग्ने शुल्कमा नेपाल बैंकको मोबाइल बैङ्किङ एपबाट रकम भुक्तानी गर्दा न्यूनतम रु. ५०० को खरिदमा बिल रकममा १० देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

उक्त सम्झौता पत्रमा गत चैत्र ११ गते बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र ताजा बेकरी उद्योगको तर्फबाट प्रबन्ध निर्देशक राम कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =