मुलुकलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न राष्ट्रपति पौडेलको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न सबै पक्षलाई आह्वान गरेका छन् ।

निर्वाचन आयोग नेपालले बुधवार काठमाडौंमा आयोजना गरेको जलपान कार्यक्रममा बोल्दै उनले सो कुरा बताए । संघीय लोकतान्त्रिक गणतन्त्रले लक्षित गरेको जनताको जीवनस्तर माथि उठाएर मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सो काममा सबैले ध्यान दिने बेला आएको स्पष्ट पारे ।

उनले निर्वाचनमा प्राप्त जनादेशले मुलुकको भविष्यलाई दिशा निर्देश गरेको पनि बताए । राष्ट्रपति पौडेलले मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने ठूलो दायित्व जनप्रतिनिधिहरुको काँधमा आएको पनि उल्लेख गरे । उनले राष्ट्र निर्माणको साझा लक्ष्यमा सबैको एउटै मत हुने विश्वास समेत व्यक्त गरे ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दलहरु, सुरक्षा निकायलगायतका सम्बद्ध सबै पक्षलाई आभार समेत व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 6 =