सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कारद्वारा पत्रकार गौतम सम्मानित
२०८२ चैत ११ गते

वीरगञ्ज । सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम सम्मानित भएका छन् । सो पुरस्कारको राशि २५ हजार सहित सम्मानपत्र रहेको छ ।
उनी राष्ट्रिय समाचार समिति (रासस)का तत्कालीन नारायणी अञ्चलका प्रमुख समेत थिए ।
नेपाल पत्रकार महासङ्घ पर्सा शाखाद्वारा आज यहाँ आयोजित कार्यक्रममा नव निर्वाचित सांसद बुद्धिप्रसाद पन्तले पत्रकार गौतमलाई सम्मान अर्पण गरे ।
नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले पत्रकार गौतम अस्वस्थ भएकाले उनकै घरमा पुगेर सम्मान गरिएको जानकारी दिए ।
२०८२ चैत ११ गते
प्रतिक्रिया
सम्बन्धित








