उज्यालो नेपाल पार्टीले अब सडकबाटै सरकार चलाउनेछः कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकबाटै सरकार चलाउने बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित पार्टीको वाममती प्रदेशस्तरीय अगुवा भेलामा बोल्दै उनले मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि सडकबाटै आम जनताको सरकारको रुपमा काम गर्ने बताएका हुन् ।

मुलुकको राष्ट्रियता, विद्यमान समस्या समाधान गर्दै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन आफ्नो पार्टीले सडकबाटै सशक्त भुमिका निर्वाह गर्ने अध्यक्ष घिसिङको भनाई थियो । ‘उज्यालो नेपाल पार्टी सडकमा बसेर सरकार चलाउनु भनेर हामीलाई म्यान्डेट दिएको छ । हामी सडकमा बसेर आम नेपाली जनताको सरकार चलाउने छौँ । सडकको सरकार उज्यालो नेपाल पार्टीको हुनेछ । सडकबाट पनि यो देशको समस्या, यो देशमा भएका विभेद र यो देशलाई समृद्धितिर लैजानकालागि सशक्त भुमिका हामीले निभाउनेछौँ । यो देशको राष्ट्रियता, यो देशको समृद्धि र समस्याको विषयमा हामीले सशक्त रुपले सडकबाट खवरदारी गर्नेछौँ’ उनले भने ।

उनले देशलाई सही बाटोमा लैजानका लागि सरकारलाई खबरदारीको काम गर्ने पनि आफ्नो पार्टीको प्रतिवद्धता रहेको बताए ।

अध्यक्ष घिसिङले आफ्नो पार्टी जनताको घरदैलोमा पुग्ने र आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनमा नेपालको सशक्त पार्टीको रुपमा उदय हुने जिकिर समेत गरे । ‘हामी अब उज्यालो नेपाल पार्टी हामी हारेर पनि सबभन्दा अगाडि उठेको पार्टी हो । हामी चुनाव सकिएको केही समयमा नै केन्द्रिय कमिटीको बैठक राख्यौँ । छलफल ग¥यौँ । देशैभरीको उम्मेदवारहरुलाई बोलाएर समिक्षा ग¥यौ । आगामी दिनमा कसरी जाने भनेर एउटा कार्यदिशा पनि बनाएका छौँ । हामीले त्यस विषयमा छलफल गरेका छौँ । र सबै प्रदेशहरुमा हामीले भेलाहरु, तय गरेका छौ । पहिलो भेलाहामी बागमती प्रदेशबाट गर्दैछौँ ’ उनले भने ।

अध्यक्ष घिसिङले प्रतिनिधि सभा निर्वाचनमा थोरै समय भएर कारण आफ्नो पार्टीले हार व्यहोर्नुपरेको निष्कर्ष पनि सुनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 3 =