वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्दिनँ: कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्ने भनिएको सरकारमा आफ्नो सहभागिताबारे फैलिएका चर्चाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा आफूलाई लिएर भइरहेका टिकाटिप्पणीप्रति प्रतिक्रिया दिँदै संविधानअनुसार गैर–सांसद व्यक्ति मन्त्री बन्न नसक्ने स्पष्ट पारेका छन् । जनताबाट प्राप्त जनादेश विपरीत अन्य कुनै वैकल्पिक माध्यमबाट सांसद बनेर मन्त्री बन्ने कल्पना समेत गर्न नसकिने उनको भनाइ छ ।

घिसिङले सरकारमा सहभागिताबारे अहिलेसम्म आफूले कसैसँग कुनै छलफल नगरेको स्पष्ट पार्दै यस विषयमा फैलिएका समाचार र चर्चाहरू निराधार भएको संकेत गरेका छन् ।

त्यसैगरी, उनले चुनावी परिणामलाई सम्मान गर्दै त्यसबाट पाठ सिकेर पार्टीलाई थप सुदृढ बनाउने अभियानमा केन्द्रित रहेको उल्लेख गरेका छन् ।

सुशासन र समृद्धिसहित ‘उज्यालो नेपाल’ निर्माणप्रति आफ्नो पार्टीको प्रतिबद्धता अटल रहेको पनि उनले बताएका छन् ।

घिसिङले आफ्ना विरुद्ध फैलाइएका गलत प्रचारप्रति भ्रममा नपर्न सबैमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =