छाती रोग अस्पताल अब छिट्टै सञ्चालनमा आउँछः स्वास्थ्य सचिव देवकोटा
२०८२ चैत १० गते

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.विकास देवकोटाले छाती रोग अस्पताल सञ्चालनमा आउने बताएका छन् ।
विश्व क्षयरोग दिवसको अवसर पारेर मंगलवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो अस्पताल बनिसकेको र त्यसलाई सञ्चालनमा ल्याउने जिम्मेवारी सरकारले लिने बताएका हुन् ।
सचिव देवकोटाले सो अस्पताल सञ्चालनका लागि तत्काल आवश्यक कार्यक्रम र बजेटको व्यवस्था गर्न पनि राष्ट्रिय क्षयरोग अनुसन्धान केन्द्रलाई निर्देशन दिए ।
सो अस्पताल संचालनका लागि अरु कुनै समस्या भए त्यसका जिम्मा स्वास्थ्य मन्त्रालयले लिने उनको भनाई थियो ।
सचिव देवकोटाले चालु कार्यक्रमहरुलाई पनि परिमार्जन गरेर प्रभावकारी रुपमा अघि बढाउन पनि सो केन्द्रका पदाधिकारीहरुलाई सचेत गराए ।
२०८२ चैत १० गते
प्रतिक्रिया
सम्बन्धित








