चुनावी समीक्षा र १५ औँ अधिवेशनमा केन्द्रित हुँदै कांग्रेस

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति बैठक शुरु भएको छ । केहीबेर अघि पार्टी केन्द्रिय कार्यालय सानेपामा बैठक शुरु भएको हो ।

बैठक मुख्यगरी चुनावी समिक्षा र पार्टीको १५ औँ अधिवेशनमा केन्द्रित हुने नेताहरुले बताएका छन् । बैठकअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै केन्द्रिय सदस्य प्रतिमा गौतमले पार्टी अब १५ औँ महाधिवेशनतर्फ केन्द्रित हुने बताइन् ।

गौतमकाअनुसार आजको बैठकले १५ औँ महाधिवेशनको प्रारम्भिक कार्यतालिका प्रश्ताव गर्नेछ । उनले आगामी भदौसम्म महाधिवेशन सम्पन्न गर्ने गरी छलफल अगाडि बढ्ने बताइन् ।

पार्टीभित्रको आन्तरिक विवादलाई साम्य पार्दै पार्टीलाई एकढिक्का राख्ने प्रयास भइरहेको उनको भनाइ छ ।

उनले कतिपय नेताहरुले सभापतिकै हस्ताक्षरमा चुनाव लडेर आएको तथा अहिले उनलाई नै मान्दिनँ भन्ने गरेको भन्दै उनीहरुमाथि नैतिकताको प्रश्न खडा भएको समेत बताइन् ।

उनले आगामी महाधिवेशनलाई एकताको अधिवेशन बनाउने र सबैलाई समेटेर अघि बढ्ने दाबी समेत गरिन् ।

प्रतिनिधि सभा निर्वाचनपश्चात सभापति गगनकुमार थापा समेत पहिलो पटक पार्टी बैठकमा सहभागि भएका छन् । यसअघि उनले दिएको राजीनामा पार्टीले अस्वीकृत गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fourteen =