डोटीमा जीप दुर्घटना, चालकसहित २ जनाको मृत्यु
२०८२ चैत १० गते

फाइल फोटो
डोटी । डोटीको रौसेल्लामा आज राति करिब साढे १२ बजे जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका-६ रौसेल्ला भन्ने ठाउँमा भएको दुर्घटनामा परी आदर्श गाउँपालिका-३ काँडीस्याउलेका करिब २२ वर्षका सुबोध रोकाया र १९ वर्षीय कैलाश विकको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । गिरिचौकाबाट काँडीस्याउलेतर्फ आउँदै गरेको सु.प.प्र. ०१ ००१ च ३९२३ नं. को बोलेरो जीप घुम्तीबाट खसेको जिल्ला प्रहरी कार्यालय, डोटीले जानकारी दिएको छ ।
मृतक दुवैको शव र दुर्घटनाग्रस्त जिपसँगै सडकबाट करिब ९०० मिटर तल सायली गाडमा खसेको छ । मृतकहरूको शव खोलाबाट सडकमा ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
जीप मृतक सुबोध रोकायाले चलाएका थिए ।
२०८२ चैत १० गते
प्रतिक्रिया
सम्बन्धित








