केन्द्रीय कारागारबाट फरार एक कैदी सिरहाबाट पक्राउ
२०८२ चैत ९ गते

फाइल तस्बिर
सिरहा । गत भदौको जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई प्रहरीले सिरहाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाकै कर्जन्हा नगरपालिका–७ मेरवा बस्ने ३८ वर्षीय अञ्जनी कुशवाहा रहेका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी कर्जन्हाबाट खटिएका प्रहरी टोलीले आज उनकै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार उनी कर्तव्य ज्यान मुद्दामा काठमाडौँस्थित केन्द्रीय कारागार जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेका थिए ।
पक्राउ परेका कुशवाहालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित कारागारमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
२०८२ चैत ९ गते
प्रतिक्रिया
सम्बन्धित








