खानेपानी मन्त्रालयको दाबीः खानेपानीका आयोजनाहरुलाई महिलामैत्री बनाइएको छ

काठमाडौं । खानेपानी मन्त्रालयले खानेपानीसम्बन्धि आयोजनाहरुलाई महिलामैत्री बनाउने कामलाई प्राथमिकता दिइएको जनाएको छ ।

विश्व पानी दिवसको अवसर पारेर सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सो मन्त्रालयका प्रवक्ता मीना श्रेष्ठले सो कुरा बताएकी हुन् ।

मन्त्रालयले लैगिकमैंत्री खानेपानीको व्यवस्थापन गर्न सरकारले सबै स्थानीय पालिकाहरुमा खानेपानी सरसफाई तथा स्वच्छता व्यवस्थापन सम्बन्धि सिष्टम लागू गरेको पनि उनले स्पष्ट पारिन् ।

खानेपानीको व्यवस्थापनमा सबैको पहुँच पुर्‍याउनका लागि सरकारले सो सिष्टम लागू गर्नुपरेको पनि प्रवक्ता श्रेष्ठको भनाई थियो ।

उनले खानेपानी आयोजनाहरु आवश्यक्ताको आधारमा तय गर्न पनि सम्बन्धित सबै पक्षलाई सचेत गराइन् ।

खानेपानी मन्त्रालयले खानेपानी व्यवस्थापनको कामलाई महिलामैत्री बनाउनका लागि प्रदेश र स्थानीय सरकारसँग पनि सहकार्य गरिरहेको पनि दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − two =