निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसामु प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायत पदाधिकारीले आइतबार प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेश गरे । गृहमन्त्री ओमप्रकाश अर्यालले आयोगको टोलीले निर्वाचन प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश गरेको जानकारी दिए ।

उनले यो निर्वाचन विगतका निर्वाचनको तुलनामा सुशासनका हिसाबले पनि राम्रो भएको बताए । ‘निर्वाचन आयोगको प्रमुख आयुक्तज्यु र माननीय आयुक्तज्युसहित आयोगको समग्र टिम यहाँ आउनुभएको थियो । उहाँहरुले निर्वाचन सम्पन्न गरेको प्रतिवेदन सम्माननीय प्रधानमन्त्रीज्युलाई उपलब्ध गराउनुभएको छ । यो निर्वाचन पहलिाको भन्दा धेरै राम्रो ढंगले सम्पन्न भयो । यो निर्वाचन सुशासनको हिसावले अहिलेसम्मकै सबैभन्दा राम्रो निर्वाचन भएको कुरा हामीले महसुश गर्यौं । प्रधानमन्त्रीज्यूले कार्यवाहक प्रमुख आयुक्त र आयुक्तज्युहरु लगायत आयोगको सम्पूर्ण टिमलाई धन्यावाद आभार गर्नुभएको छ’ उनले भने ।

उनका अनुसार प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई धन्यवाद ज्ञापन गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =