भरूवा बन्दुक सहित एक जना पक्राउ
२०८२ चैत ८ गते

मकवानपुर । बागमती गाउँपालिका–९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई भरूवा बन्दुक एक थानसहित गएराति प्रहरीले पक्राउ गरेको छ ।
निजको घरमा भरूवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी प्रजापतिलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यससम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२०८२ चैत ८ गते
प्रतिक्रिया
सम्बन्धित








