धुम्बाराहीमा देउवा–कोइराला समूहबीच भेटवार्ता, के भयो कुराकानी ?
२०८२ चैत ८ गते

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहका नेताहरूबीच आइतबार भेटवार्ता भएको छ ।
धुम्बाराहीमा भएको उक्त भेटमा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का, कांग्रेस नेता डा.शेखर कोइरालासहित १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसम्पादन समितिका सदस्यहरूको सहभागिता रहेको थियो ।
बैठकमा हालै सम्पन्न निर्वाचनको समीक्षा तथा नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादका विषयमा सामान्य छलफल भएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।
२०८२ चैत ८ गते
प्रतिक्रिया








