नयाँ सरकारले जातीय विभेद नहुनेगरी काम गर्नुपर्छ: तपबहादुर मगर (भिडिओ)
कानुन भएर मात्रै भएन, कार्यान्वयनका लागि राजनीतिक प्रतिबद्धता पनि चाहियो

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अब बन्ने सरकारले जातीय विभेद हुन नदिने गरी काम गर्नुपर्ने बताएका छन् ।
६१ औँ अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मुलन दिवसको अवसर पारेर शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मगरले नयाँ सरकारले दलितको हक अधिकारको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा सचेत भएर काम गर्न आवश्यक रहेको बताए ।
उनले जातीय विभेद अन्त्यका लागि आयोगले सम्बन्धित सबै पक्षहरू मिलेर काम गरिरहेको दाबी गर्दै जातीय विभेद अन्त्यका लागि विद्यमान कानुन कार्यान्वयनमा जोड दिन आवश्यक रहेको समेत दोहो¥याए ।
अध्यक्ष मगर भन्छन्,‘मानिसको मानसिकतामा पनि चेन्ज गर्दै ल्याउनुप¥यो । कानुन भएर मात्रै भएन । कार्यान्वयनका लागि राजनीतिक प्रतिबद्धता पनि चाहियो । अब चुनाव भयो । नयाँ पार्टी विजय भएको छ । उहाँहरूको सरकार बन्छ । सरकार बनेपछि उहाँहरूले के गर्नुप¥यो भन्दा कसैले पनि दलितको हक अधिकार संरक्षण गर्न सकिन्छ, संवर्द्धन प्रवर्द्धन गर्न सकिन्छ उनीहरूको अधिकार कुनै पनि किसिमबाट हनन हुनु भएन भन्ने कुरा गर्नुप¥यो ।’
मगरले जातीय विभेद अन्त्यका लागि नेपाली समाजको मानसिकतामा नै परिवर्तन ल्याउन जरुरी रहेको पनि बताए ।








