अमेरिकी सेनाद्वारा पूर्वी प्रशान्त क्षेत्रमा लागूऔषध तस्करीमा संलग्न शंकास्पद डुङ्गा ध्वस्त

काठमाडौं । अमेरिकी सेनाले पूर्वी प्रशान्त महासागरमा लागूऔषध तस्करीमा संलग्न रहेको आरोप लगाइएको एउटा डुङ्गालाई डुबाइदिएको छ । सो कारबाहीमा डुङ्गामा सवार तीन व्यक्ति बाँच्न सफल भएको अमेरिकी दक्षिणी कमान्डले शुक्रबार जानकारी दिएको छ ।

गुप्तचर निकायले उक्त कम उचाइ भएको जलयान (लो–प्रोफाइल भेसल) पूर्वी प्रशान्त क्षेत्रमा लागूऔषध ओसारपसारका लागि परिचित मार्गहरूमा गुडिरहेको र लागूऔषध तस्करी कार्यमा संलग्न रहेको कुरा पुष्टि गरेको छ । उक्त डुङ्गा सूचीकृत आतंकवादी संगठनहरूद्वारा सञ्चालित रहेको आरोप समेत लगाइएको छ ।

सन् २०२५ सेप्टेम्बरदेखि अमेरिकी सेनाले लागूऔषध तस्करीको आशंका गरिएका डुङ्गाहरूमा ४६ वटा ज्ञात हवाई आक्रमणहरू गरिसकेको छ , जसमा परी कम्तीमा १५७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + seventeen =