नेपाली सामान विश्व बजारमा बेच्न मिल्ने एप वा पोर्टल बनाउनुपर्छ : अध्यक्ष पाण्डे

काठमाडाैं । नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले अहिलेको अवस्थामा नेपालका वस्तु विश्व बजारमा बेच्न मिल्ने एप वा पोर्टल विकास गर्नु आवश्यक रहेको बताएका छन् । उनले नेपाललाई विदेशबाट सामान किन्ने एप वा पोर्टलभन्दा पनि नेपालका उत्पादन अन्य देशमा बेच्न सक्ने अनलाइन प्लेटफर्म आवश्यक रहेको बताएका हुन् ।

अध्यक्ष पाण्डेकाअनुसार नेपालमै इ–कमर्स पेमेन्ट गेटवे प्रणाली विकास गरेर पेपल, अमेजनजस्ता अन्तर्राष्ट्रिय कम्पनीहरूलाई नेपालमा आकर्षित गर्नुपर्छ । ती कम्पनीहरू नेपालमा स्थापना भएमा नेपालका निर्यातजन्य वस्तुहरूको विश्व बजार विस्तार गर्न सहयोग पुग्ने पुग्छ ।

अध्यक्ष पाण्डेले भने, ‘पेमेन्ट गेट वेलाई सहज बनाउन जरुरी छ । अहिले हामीलाई विदेशको समान नेपाल किन्ने एप, पोर्टलहरूलाई चाहिएको छैन । यहाँको बैंकिङ च्यानलबाट विदेशको समान किन्दा बित्तिकै हामी आकर्षित त भइन्छ होला, तर त्यसलाई अहिले रोकेर नेपालको समान अन्यत्र मुलुकमा बेच्न मिल्ने एप, अनलाइन पोर्टल बनाउनुपर्छ । यस्तो पोर्टल हामी बनाउन सक्छौँ ।’

अध्यक्ष पाण्डेले आय करसहित निर्यात अनुदानमा देखिएका समस्या समाधान गर्नुपर्ने पनि बताएका छन् । निर्यात अनुदान पाउन हरेक वर्ष कार्यविधि परिवर्तन हुने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनकाे भनाइ छ ।  –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =