घानामा ‘माइक्रोलाइट’ विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु
२०८२ चैत ४ गते

काठमाडौं । घानाको पूर्वी बन्दरगाह सहर टेमामा एक माइक्रोलाइट विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घाना राष्ट्रिय अग्नि निवारण सेवा, टेमा क्षेत्रका प्रवक्ता एबेनेजर येन्जुले उक्त घटनाको पुष्टि गरेका हुन् ।
येन्जुका अनुसार बन्दरगाह सहरको ‘कम्युनिटी १’ स्थित ‘टेमा मेट्रोपोलिटन एसेम्बली नर्सरी ३’ विद्यालयको प्राङ्गणमा विमान दुर्घटनाग्रस्त भएको थियो । प्रवक्ताले केही प्रत्यक्षदर्शीहरूको सहयोगमा अग्नि निवारण टोलीले करिब पाँच मिनेटभित्रै आगो निभाउन सफल भएको जानकारी दिए ।
विमान दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रवक्ताले बताएका छन् ।
२०८२ चैत ४ गते
प्रतिक्रिया
सम्बन्धित








