रास्वपाको केन्द्रीय सचिवालय बैठक सुरु (तस्बिरहरू)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ ।

बैठकमा पार्टी सभापति रवि लामिछाने स्वास्थ्य अवस्थाका कारण भौतिक रूपमा उपस्थित हुन नसके पनि भर्चुअल माध्यमबाट सहभागी भएका छन् ।

आजको बैठकले प्रतिनिधिसभाको समानुपातिक तर्फबाट निर्वाचित हुने उम्मेदवारहरूको अन्तिम नामावली टुंग्याएर निर्वाचन आयोगमा बुझाउने निर्णय गर्ने अपेक्षा गरिएको छ ।

समानुपातिक सूचीबारे अन्तिम निर्णय गर्न तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =