एमालेले बोलायो केन्द्रीय सचिवालयको बैठक
२०८२ फागुन ३० गते

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दैछ । शनिबार १ बजे बस्ने नेकपा एमालेले जनाएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सचिवालय बैठक बस्न लागेको हो ।
बैठकमा समानुपातिक सूचीबाट सांसद छान्ने विषयमा छलफल हुनेछ ।
निर्वाचन आयोगले समानुपातिक सूचीमा रहेको सूचीबाट सांसद चयनको सिफारिसका लागि आइतबारसम्मको समय दिएको छ ।
२०८२ फागुन ३० गते
प्रतिक्रिया
सम्बन्धित








