बेकोले ल्यायो फ्रि एसी सर्भिस क्याम्प र विशेष एक्सचेन्ज योजना 

काठमाडौं । अन्तर्राष्ट्रिय रूपमा परिचित होम एप्लायन्स ब्रान्ड बेकोले नेपालमा ग्राहक केन्द्रित विशेष फ्रि एसी सर्भिस क्याम्प अभियान सार्वजनिक गरेको छ ।

सीजी इलेक्ट्रोनिक्स मार्फत सञ्चालन हुने यस अभियानले गर्मी मौसम सुरु हुनु अघि ग्राहकहरूको एयर कन्डिसनरलाई उत्कृष्ट अवस्थामा राख्ने तथा नयाँ प्रविधियुक्त एसीमा अपग्रेड गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ ।

यस सेवा अभियानअन्तर्गत ग्राहकहरूले आफ्नो एसी को नि:शुल्क जाँच तथा सर्भिस सुविधा प्राप्त गर्न सक्नेछन्, जुन अधिकृत प्राविधिक टोलीद्वारा गरिने छ । नियमित सर्भिसले एसीको कूलिङ क्षमता सुधार गर्नुका साथै उपकरणको आयु बढाउन पनि सहयोग गर्ने कम्पनीले जनाएको छ ।

अभियानका क्रममा ग्राहकहरूले सर्भिस शुल्क पूर्ण रूपमा निःशुल्क पाउनेछन् भने आवश्यक पर्ने Spare Parts मा ५०% सम्म छुट उपलब्ध हुनेछ। साथै, नयाँ बेको एसी खरिद गर्ने ग्राहकहरूका लागि २०% सम्म विशेष छुट पनि प्रदान गरिनेछ ।

यस अभियानको अर्को आकर्षक पक्ष भने कोएक्सचेन्ज अफर हो । ग्राहकहरूले जुनसुकै ब्रान्डको पुरानो एसी  साटेर नयाँ ‘बेको एसी’ खरिद गर्न सक्नेछन्, जसमा ५०% सम्म अतिरिक्त मूल्याङ्कन प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। यसले ग्राहकलाई कम खर्चमा आधुनिक र ऊर्जा–दक्ष एसी प्रयोग गर्ने अवसर दिनेछ ।

त्यसैगरी, नयाँ  ‘बेको एसी’ खरिद गर्दा ग्राहकहरूले रु. ४,००० बराबरको निःशुल्क Installation सेवा पाउनेछन्। साथै, भविष्यका सेवाहरूलाई अझ सहज बनाउन रु. ३,००० बराबरका दुईवटा Service Coupon पनि उपलब्ध गराइनेछ, जुन ६ महिनासम्म प्रयोग गर्न सकिनेछ ।

बेको ब्रान्ड विश्वभर आधुनिक डिजाइन, ऊर्जा दक्षता र भरपर्दो प्रविधिका लागि परिचित छ । कम्पनीका अनुसार ‘बेको एसी’ हरूले उच्च कार्यक्षमता, आरामदायी कूलिङ अनुभव तथा दीर्घकालीन विश्वसनीयता प्रदान गर्नेछन् ।

ग्राहकहरूको खरिद प्रक्रिया अझ सहज बनाउन सीजी इलेक्ट्रोनिक्सले CGX Elex मार्फत सरल EMI सुविधा पनि उपलब्ध गराएको छ, जसले ग्राहकहरूलाई किस्ताबन्दीमा Beko AC खरिद गर्न सहयोग गर्नेछ ।

यस अभियानमा सहभागी हुन चाहने ग्राहकहरूले CG Care को आधिकारिक QR कोड स्क्यान गरेर वा सेवा हटलाइन 166-00-102-211, 166-00-100-211 तथा 01-5970122 मा सम्पर्क गरी दर्ता गर्न सक्नेछन् । यस पहलमार्फत बेकोले नेपालभरका ग्राहकलाई गुणस्तरीय सेवा, उन्नत कूलिङ प्रविधि तथा ग्राहक–मैत्री समाधान प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः स्पष्ट गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + one =