काँग्रेसका राष्ट्रिय सभाका सांसदहरूबीच परिचयात्मक कार्यक्रम जारी (तस्बिरहरू)
२०८२ फागुन २७ गते

काठमाडौँ । नेपाली काँग्रेसको राष्ट्रिय सभाका वहालवाला र नवनिर्वाचित सदस्यहरूबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सुरु भएको छ ।
काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा राष्ट्रिय सभाका वहालवाला तथा नवनिर्वाचित सदस्यहरूबीच परिचय, छलफल र अन्तरक्रिया सुरु भएको हो ।
गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा काँग्रेसका कोशी प्रदेशबाट सुनिलबहादुर थापा, मधेस प्रदेशबाट काँग्रेसका धमेन्द्र पासवान र रञ्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा गण्डकी प्रदेशबाट जगत तिमिल्सिना, लुम्बिनी प्रदेशबाट वासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितजंग शाही र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती निर्वाचित भएका थिए ।
राष्ट्रिय सभामा काँग्रेस अब २५ सांसदसहित सबैभन्दा ठुलो पार्टी बनेको छ ।
तस्बिर: अनुप प्रधान/न्युज एजेन्सी नेपाल

२०८२ फागुन २७ गते
प्रतिक्रिया
सम्बन्धित








