न्यायमा पहुँच अभिवृद्धिका लागि सम्बन्धित सबै पक्षको भूमिका महत्त्वपूर्ण हुन्छ: शारङ्गा सुवेदी

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीले न्यायमा पहुँच अभिवृद्धिका लागि न्यायालयमा बसेर काम गर्ने सबैको भूमिका महत्त्वपूर्ण हुने बताएकी छन् ।

अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको अवसर पारेर मङ्गलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

न्यायाधीश सुवेदीले न्यायमा पहुँच अभिवृद्धिका लागि सम्बन्धित सम्बन्धित हरेक व्यक्ति वा संस्थाले काम गर्नुपर्ने बताइन् । उनले महिला अधिकारको सुनिश्चितताका लागि परिणाममुखी काम गर्नुपर्नेमा पनि जोड दिइन् ।

न्यायाधीश सुवेदीले भनिन् ‘न्यायमा पहुँच अभिवृद्धि गर्नका लागि बेञ्चमा मात्रै न्यायाधीश भएर हुँदैन । होल सिष्टममा जो जसले बसेर योगदान पुर्याउनु हुन्छ । बारमा बसेर योगदान पुर्याउने कानुन व्यवसायीदेखि लिएर हाम्रो न्यायालयको सिष्टममा बसेर काम गर्नुहुने सबै तहका कर्मचारीहरूको यसमा महत्त्वपूर्ण भूमिका रहन्छ भन्ने कुरालाई यस वर्षको स्लोगनले आत्मासात गरेको मैले महसुस गरेको छु । र, यो स्लोगन आज हामीले भन्ने मात्रै होइन, आगामी दिनमा अभ्यास गर्ने हो, सबै होल सिष्टममा इज एण्ड एभ्री पर्सनले पुर्याउने योगदानले एक्जिस टु टस्टिसलाई सहयोग पुर्याईरहेको हुन्छ भन्ने भावना अनुसार काम गर्नेछौँ ।’

न्यायाधीश सुवेदीले महिलाहरूको क्षमतामाथि प्रश्न उठाउने पुरुष प्रदान सोच त्यागेर अघि बढ्न पनि सबैलाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 2 =