रवि लामिछाने र बालेन शाहलाई भुटानी प्रधानमन्त्रीको बधाई

काठमाडौं । भुटानका प्रधानमन्त्री छिरिङ्ग तोब्गेले नेपालको हालै सम्पन्न आम निर्वाचनमा भारी जनमत प्राप्त गरेको भन्दै रवि लामिछाने र बालेन शाह लाई बधाई दिएका छन् ।

प्रधानमन्त्री तोब्गेले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै सफल निर्वाचनका लागि नेपाली जनतालाई समेत बधाई दिएका हुन् ।

उनले सन्देशमा लेखेका छन्, ‘नेपालको आम चुनावमा भारी विजय हासिल गर्नुभएकोमा श्री बालेन शाह र श्री रवि लामिछानेलाई बधाई छ । म सफल चुनावको लागि नेपाली जनतालाई पनि बधाई दिन्छु ।’

प्रधानमन्त्री तोब्गेले आगामी सरकारसँग मिलेर नेपाल र भुटान बीचको मित्रतालाई अझ मजबुत बनाउने अपेक्षा व्यक्त गरेका छन् । ‘हामी दुई देशहरूबीचको न्यानो मित्रतालाई अझ गहिरो बनाउन तत्पर छु,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + twelve =