भ्रष्टाचारको अन्त्य, संघीयता र समावेशितामा काम गर्छौँ: नवनिर्वाचित राष्ट्रिय सभाका सांसद

काठमाडौँ । नवनिर्वाचित राष्ट्रिय सभाका सांसदहरूले मुलुकमा संघीयता र समावेशितालाई मजबुत बनाउने गरी आफूहरूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सोमवार राष्ट्रिय सभा सदस्य पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै नेपाली काँग्रेसका सांसद सुनिल थापा, नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्री र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद महन्थ ठाकुरले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
काँग्रेस सांसद थापाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति मुलुकको मुख्य एजेण्डा भएको उल्लेख गर्दै सोही अनुसारको कानुन निर्माणमा आफूहरू केन्द्रित हुने बताए । उनले संसदलाई अझै क्रियाशील बनाउने र मुलुकलाई निकास दिनेखालको कानुन निर्माणमा आफूहरू लागिपर्ने समेत बताए ।
सांसद थापाले भने ‘बिल हरूलाई अघि बढाउने र राष्ट्रलाई निकास दिने अनि अहिले भएको संघीयता र समावेशितालाई मजबुत बनाउनका लागि काम गर्ने हो । दोस्रो हामीहरूले एन्टी करप्शन र गुड गभर्नेन्सका कुराहरू छ । जेन–जी आन्दोलन यसैको लागि भएको हो । त्यसलाई अन्त्य गर्ने गरी बिल ल्याउने हो । मुख्यकुरा पार्लियामेन्टलाई याक्टिभ गराउने हो । त्यो काम गर्छौँ ।’
एमालेकी सांसद एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले मुलुकलाई निकास दिनका लागि आफूले सावधानीपूर्वक काम गर्ने बताए । उनले सांसदहरूले आफ्नो अधिकार क्षेत्रभित्र रहेर काम गर्नुपर्ने भएकाले आफू सोही अनुसार अघि बढ्ने समेत बताए ।
सांसद झाँक्रीले भने ‘राष्ट्रिय सभाको काम, कर्तव्य र अधिकार के हुन्छ भन्ने मैले बुझेको छु । त्यही अनुसार मैले यसलाई एउटा कामको रूपमा लिएको छु । र सावधानीपूर्वक काम गर्नुपर्ने बेला छ । मैले सांसदको यो जिम्मेवारीलाई यही रूपमा लिएको छु ।’
सांसद ठाकुरले भने सांसदहरूको काम विकास, निर्माण नभएकाले सो प्रश्न सोधेर हैरान पार्ने काम नगर्न सञ्चारकर्मीहरूलाई आग्रह गरे । उनले सांसदको रूपमा आफूले पाएको जिम्मेवारी इमानका साथ पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
सांसद ठाकुरले भने ‘माननीयहरूको जिम्मेवारी डेभलप्मेन्ट ९विकास० जिम्मेवारी होइन । अनि तपाई पत्रकारहरू त्यहाँ गएर हामीसँग सोध्नुहुन्छ कि के गर्नुभएको छ रु’
राष्ट्रिय सभामा हाल १८ जना सांसदहरू निर्वाचित भएका छन् ।








