सेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटका लागि काराेबार स्थगित

काठमाडौं । सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । पहिलो सर्किट ब्रेक लागेर २० मिनेटपछि खुलेको सेयर बजारमा थप १ प्रतिशत अर्थात् समग्रमा ५ प्रतिशतले बढेर दोस्रो सर्किट ब्रेक लागेकाे छ ।

यससँगै, कारोबार अब ४० मिनेटपछि मात्रै खुल्ने छ । दोस्रो सर्किट ब्रेकपछि नेप्से परिसूचक २८४८ दशमलव २२ काे विन्दुमा पुगेको छ । यो बेलासम्म बजार १३५ अंक बढेको हो । त्यस्तै २८ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 1 =