नेप्सेमा उछाल, २० मिनेटको लागि कारोबार रोकियो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनपछि बजार खुलेकाे पहिलो दिन नेप्सेमा उछाल आएको छ । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०८.६ अंक अर्थात् ४ प्रतिशतले बढेर बन्द भएको छ । अब २० मिनेटपछि बजार खुल्ने छ ।

नियमित कारोबार सुरु हुनासाथ नेप्से ४ प्रतिशतले बढेपछि २० मिनेटकाे लागि राेकिएकाे हाे । यसअघि प्रि ओपन सेसनमा नेप्से ४४.६३ अंकले बढेको थियो ।

त्यसअघि चुनावको सार्वजनिक विदा अघिको ६ कारोबार दिन लगातार नेप्से बढेको थियो । ६ दिनमा ९७.९२ अङ्कले बढेर नेप्से २७१२.४९ विन्दुमा रोकिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =