‘मत सर्वेक्षण गरेर आफैँ घोषणा गरिदिने हो भने आयोगको काम के रह्यो ?’- निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले मतदान अगाडि गरिने कुनैपनि प्रकारका मत सर्वेक्षण र त्यसका आधारमा गरिने हारजितको घोषणाप्रति आपत्ति जनाएको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्ता गतिविधि कानुन र आचारसंहिता विपरीत रहेको भन्दै यसलाई सदाका लागि अन्त्य गर्ने अठोट आयोगले लिएको स्पष्ट पारेका हुन् ।

उनले मतदाताले मत खसाल्नै नपाईकन बाहिरबाटै परिणाम घोषणा गर्ने परिपाटीप्रति आयोग संवेदनशील रहेको बताए । यस विषयमा आयोगले प्रेस काउन्सिल नेपालसँग पनि संवाद गरिसकेको र कतिपय विषय अदालतमा समेत पुगिसकेको उनले जानकारी दिए । हरेक निर्वाचनको पूर्वसन्ध्यामा यो विषय पेचिलो बन्ने गरेको उल्लेख गरे ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै भण्डारीले भने ‘मत सर्वेक्षण गर्न पाइँदैन, कानुनले निषेध गर्छ, आचारसंहिताले निषेध गर्छ । तर जबरजस्त कुनै सञ्चार क्षेत्रबाट मत सर्वेक्षण गरेर फलानोले जित्यो र फलानोले हार्यो भनेर आफैँ घोषणा गरिदिने हो भने निर्वाचन आयोगको काम के रह्यो ?’

कानुनले निषेध गरेको कुरालाई कसैले मान्दिनँ भन्न नपाउने भन्दै उनले यस्ता गतिविधिमा संलग्न नहुन सबैलाई सचेत गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eight =