मतदानको दिन वर्षा र हिमपातको सम्भावना छैन : मौसम विभाग

काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मतदानको दिन (फागुन २१ गते) देशभरको मौसम सफा रहने बताएको छ । विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले मतदान प्रक्रिया प्रभावित हुनेगरी वर्षा वा हिमपातको सम्भावना नरहेको बताएका हुन् ।

उनले तथ्याङ्कमा आधारित पूर्वानुमानलाई परिमार्जन गर्दै विभागले एक हप्तासम्मको यथार्थपरक पूर्वानुमान गरिरहेको र सोहीअनुसार विशेष बुलेटिन जारी गर्नुका साथै नियमित अपडेट दिइरहेकोसमेत बताए ।

लामो समयसम्म पानी नपरेको कारण मुलुकका पहाडी क्षेत्रमा बादल देखिएपनि तत्काल पानी पर्ने सम्भावना तथा हिमपातको सम्भावना नरहेको उनकाे भनाइ छ । उनकाअनुसार मतदानको दिन बिहीबार बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागहरूमा आशिंक बादल लाग्नसक्ने देखिन्छ । मुलुकका पहाडी भू–भागमा बादल लागिहाले पनि आत्तिहाल्नु पर्ने अवस्था छैन् ।

वरिष्ठ मौसमविद् पौडेलले भने, ‘अहिले हामीले निर्वाचनको लागि भनेर विशेष बुलेटिन पनि जारी गरिरहेका छौँ । हामी एक हप्ता अगाडिदेखि नै विशेष बुलेटिनको साथै नियमित अपडेट पनि जारी गरिरहेका छौँ । हामीले हेर्दाखेरी निर्वाचनको दिन पानी पर्ने सम्भावना छैन । मतदानको दिन मौसम राम्रो नै रहन्छ । निर्वाचन प्रभावित हुनेगरी वर्षा, भारी वर्षा वा हिमपात त्यस्तो केही सम्भावना छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + nineteen =