धनुषामा निर्वाचन अवधिसम्मका लागि भारतीय सीमा नाका सिल गरियो

काठमाडौँ । निर्वाचनको मौन अवधि सुरु भएसँगै धनुषामा रहेका भारतीय सीमा नाकाहरू सिल गरिएको छ ।

प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले निर्वाचनमा अवाञ्छित गतिविधि हुन नदिने सुरक्षा योजनाअनुसार धनुषा जिल्लाका जटहीलगायतका सीमा नाका बन्द गरिएको जानकारी दिएका हुन् ।

गत रातिबाट नाका बन्द गरिएको सो नाका फागुन २१ गते निर्वाचनको मतदान कार्य सम्पन्न भएपछि मात्रै सञ्चालनमा आउनेछ । प्रहरी नायव उपरीक्षक बमले सीमा नाकाहरूबाट निर्वाचनमा हुने सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सवारी साधनलगायतका चेकजाँचमा पनि कठाई गरिएको बताए ।

उनले भने ‘प्रतिनिधि सभा निर्वाचनका लागि धनुषा जिल्लाको भारतीय सीमा क्षेत्रसँग जोडिएको सीमाहरू पूर्ण रूपमा १८ गते हिजो राति १२ बजेदेखि २१ गते रातिसम्म नाका सिल गरिएको अवस्था छ । र अहिले नाकाहरूमा चेकजाँच गरिरहेको अवस्था पनि छ । र कुनैपनि सवारी साधन र मानिसहरूलाई आवतजावत गर्न दिइएको छैन । २१ गते हुने चुनावको सन्दर्भमा एकीकृत सुरक्षा योजना तर्जुमा गरेर कार्यान्वयन भइरहेको छ । सोही अनुसारको जनशक्तिहरू नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागलगायत सुरक्षा निकायहरूबाट जनशक्ति परिचालन भइसकेको छ ।’

नेपाल–भारतबीचको सीमा नाकामा दुवै देशका सुरक्षा अधिकारीहरूको बैठकले निर्वाचनमा केन्द्रित सुरक्षा योजना बनाएको र सोही अनुसार सो नाका बन्द गर्ने काम गरिएको हो । त्यसैगरी एकीकृत सुरक्षा योजनाअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्टित«य अनुसन्धान विभागका जनशक्तिहरू निर्वाचनका लागि परिचालन गरिएको प्रहरी नायव उपरीक्षक बमले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + four =