पेट्रोल पम्पमा उपभोक्ताको भीड

काठमाडौँ । उपत्यकाका पेट्रोल पम्पहरूमा भीड देखिन थालेको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्वसाधारणहरू गाउँ फर्कने क्रम बढेसँगै र मध्यपूर्वमा इरान–इजरायल युद्धको सम्भावनाले पेट्रोलियम पदार्थको अभाव हुनसक्ने त्रासका कारण काठमाडौँका पेट्रोल पम्पहरूमा भीड देखिन लागेको हो ।

आइतबार, सोमवार पम्पहरूमा इन्धन भर्नेहरूको भीड रह्यो । इन्धन भर्न केही समय सवारीहरू लाइनमा बस्नुपरेको थियो । पम्पहरूमा लाइन बढेसँगै ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको छ । केही म्यादी प्रहरीहरूले व्यवस्थापन गरेका थिए । पछिल्लो समय बढ्दो मध्यपूर्वको तनावले उपभोक्तामा त्रास बढेको छ ।

समयमै नेपालमा इन्धन नआउँदा अभाव झेल्नुपर्ने हो की भन्ने चिन्ता इन्धन भर्न लाइनमा बसेकाहरूमा रहेको छ । नेपाल आयल निगमले इन्धनको मौज्दात पर्याप्त रहेको र आपूर्तिमा कुनै समस्या नभएको बताउँदै आएको छ । तर उपभोक्ताहरू भने विगतका नाकाबन्दी र अभावका अनुभवका कारण त्रसित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 10 =