फागुन १९ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

काठमाडौं । वि.सं.फागुन १९, २०८२। इ.सन् 03 Mar, 2026। शक संवत् १९४७ । नेपाल संवत् ११४६ (चिल्लाथ्व) । सिद्धार्थी संवत्सर उत्तरायण शिशिर ऋतु । मंगलवार फाल्गुण शुक्लपक्ष । तिथि पूर्णिमा, १७:०१ बजेपछि प्रतिपदा । नक्षत्र मघा, ०७:३८ बजेपछि पूर्वफाल्गुनी । योग सुकर्मा, १०:४३ बजेपछि धृति । करण वव, १७:०१ बजेपछि वालव, ०४:५० बजेउप्रान्त कौलव ।चन्द्रराशि सिंह । योग (आनन्दादि) कालदण्ड । दिनमान ११:३६ । सूर्योदय ६:२९ । सूर्यास्त १८:०५ । दिन विशेष : फागु पूर्णिमा । तराईमा होली । होलि पुन्हि । मन्वादि । माझी समुदायको लदीपूजा । चन्द्रमा नउदाउँदै स्पर्श हुने (ग्रस्तोदित) खण्डग्रास चन्द्रग्रहण ।
राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) उच्च शिक्षालाई लिएर नयाँ मार्गहरू प्रशस्त हुनेछन् । व्यापारिक योजनाहरू गुप्त राख्ने प्रयास गर्नुहोस् । प्रभावशाली व्यक्तित्वहरूसँग सम्पर्क बढ्नेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) चिताएको काम समयमा सम्पादन गर्न सकिनेछ । सहयोगीहरुले राम्रो साथ दिनेछन् । संवेदनशील विषयवस्तुमा आत्तिएर निर्णय नलिनुहोस् । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विद्यार्थीहरूलाई आफ्नो प्रतिभाको प्रदर्शन गर्ने अवसर मिल्नेछ । खर्च लागे पनि दिगो कार्यको थाननी हुनेछ । प्रयत्न गर्दा फसेको रकम उठाउन सकिनेछ । आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला । आवश्यकताको पूर्ति गर्न सकिनेछ । मेहनतको उपयुक्त प्रतिफल प्राप्त हुनेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभचिन्तकहरूको मनोभाव विचार गरी व्यवहारमा अघि बढ्नुहोस् । आत्मविश्वासमा वृद्धि हुनेछ । व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला । आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आर्थिक पक्ष सबल रहनेछ । आफन्तहरू मध्य केही कुरालाई लिएर असमझदारी बढ्न सक्छ सचेत रहनुहोस् । यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं । आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) उच्च शिक्षालाई लिएर नयाँ मार्गहरू प्रशस्त हुनेछन् । व्यापारिक योजनाहरू गुप्त राख्ने प्रयास गर्नुहोस् । प्रभावशाली व्यक्तित्वहरूसँग सम्पर्क बढ्नेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापार विस्तारलाई लिएर नयाँ लगानी लगाउनु पर्ला । बुद्धिको उपयोगले विवादास्पर समस्याहरू सुल्झाउन सकिनेछ । भविष्यको लागि नयाँ कामको जग बसाउने अवसर मिल्नेछ । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यहरू समयमा सम्पादन गर्न सकिनेछ । कानुनी मुद्दा मामलाहरूमा पक्ष मजबुत रहनेछ । गुप्त शत्रुबाट सतर्क रहनुहोस् । आफन्तहरूको सहयोगले मनोबल उच्च रहनेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लागतको मूल्यांकन नगरी कार्य प्रारम्भ नगर्नुहोस् । अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । सेवा मुलुक कार्यबाट समाजमा नाम स्थापित गर्न सकिनेछ । सामाजिक क्षेत्रमा सक्रिय भूमिका निभाउन सकिनेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अवसर प्राप्त भएतापनि कार्यक्षेत्रमा बाधा आउनेछ । गुप्त सूचना बाहिरिनाले गोपनियतामा कमी आउनेछ । गृहणीहरूको गृहकार्य भन्दा धेरै समय सामाजिक परिवेशमा बित्नेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नेतृत्व क्षमताको परिचय दिने समय रहेको छ । विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ । व्यापार व्यवसायमा सन्तानको सहयोग प्राप्त हुनेछ । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ ।









