मध्यपूर्वको द्वन्द्वमा एक चिनियाँ नागरिकको मृत्यु, युद्धविराम गर्न आह्वान

एजेन्सी । चीनले मध्यपूर्वमा दिनानुदिन भड्किरहेको द्वन्द्व अन्त्य गर्न युद्धविराम तथा कूटनीतिक वार्ता को माध्या प्रयोग गर्न गर्नको लागि सोमबार आह्वान गरेको छ ।

हाल इजरायल र संयुक्त राज्य अमेरिकाले इरान र लेबनानमा निरन्तर आक्रमण गर्दै आएका छन्, भने द्वन्द्व क्षेत्रीय छिमेकी देशहरू सम्म फैलिएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पत्रकार सम्मेलनमा बोल्दै द्धन्द्ध अन्येका लागि सबै भन्दा पहिले सैन्य कारबाहीको तत्काल अन्त्य र द्वन्द्वको फैलावट रोक्नु पर्ने जनाउदै वार्ताको माध्यमबाट समस्याको समाधान गर्न आग्रह गरेका छन् ।

तेहरानमा द्वन्द्वको परिणामस्वरूप एक जना चिनियाँ नागरिक मारिएको उनले बताएका छन् । जहाँ इजरायल र संयुक्त राज्य अमेरिकाले इस्लामिक गणतन्त्रको सर्वोच्च नेताको हत्या गरेको छ भने अपरेसन र आक्रमण गरिरहेको छ ।

विदेश मन्त्रालयले इरानमा रहेको चिनियाँ दूतावासलाई पिडित व्यक्ति र परिवारलाई सहयोग गर्न निर्देशन दिएको माओले बताए ।

बेइजिङले गत हप्ता आफ्ना नागरिकहरूलाई “वर्तमान सुरक्षा अवस्थाको बारेमा सजग गराउदै इरानको यात्रा नगर्न चेतावनी दिएको थियो ।

यसै बिच सोमबार सम्म तीन हजार भन्दा बढी चिनियाँ नागरिक इरान छोडेर गएको जनाइएको छ ।

इरानको रिभोलुसनरी गाड्र्सले इजरायल र अमेरिका विरुद्ध इतिहासमा ‘सबैभन्दा हिंस्रक’ अपरेसन सुरु गर्ने वाचा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =