रास्वपाका संघीय नेतृत्व मञ्च सदस्य शंकर ढकालले दिए राजीनामा
२०८२ फागुन १७ गते

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संघीय नेतृत्व मञ्च तथा संघीय निर्वाचन सम्पादन समिति सदस्य इ.डा. शंकर ढकालले पदबाट राजीनामा दिएका छन् ।
ढकालले समितिका संयोजक एवं पार्टी उपसभापति डोलप्रसाद अर्यालसमक्ष आज आइतबार राजीनामा पत्र बुझाएका हुन् ।
पार्टीको संघीय तहमा जिम्मेवारी सम्हाल्दै आएका ढकालले निर्वाचनको मुखैमा राजीनामा दिएका हुन् ।
रास्वपाभित्र पछिल्लो समय पार्टी छाड्नेहरुको लर्को नै लागेको छ ।
२०८२ फागुन १७ गते
प्रतिक्रिया
सम्बन्धित










