पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट दुई युवाको मृत्यु

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक पुष्कर बोगटीका अनुसार हेटौँडा बजारबाट मनहरीतर्फ जाँदै गरेको ना४३प २२१ नम्बरको मोटरसाइकललाई नेवारपानीबाट हेटौँडातर्फ आउँदै गरेको नम्बर नखुलेको ट्रकले ठक्कर दिएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक राक्सिराङ गाउँपालिका–१का २२ वर्षीय सन्जित स्याङतान र मोटरसाइकलमा सवार १८ वर्षीय अमोश थिङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालक फरार रहेको र उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 5 =