पूर्वप्रधानमन्त्री नेपालद्वारा त्रिशूली बस दुर्घटनामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ठूलो मानवीय क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

पूर्वप्रधानमन्त्री नेपालले आज एक शोक वक्तव्य जारी गर्दै उक्त दुर्घटनामा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका हुन् ।

दुर्घटनामा घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले उद्धार तथा प्रभावकारी उपचारका आग्रह गरे ।

पूर्वप्रधानमन्त्री नेपालले पीडितपरिवारलाई राहत व्यवस्थापनमा कुनै कमी हुन नदिन सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराए ।

धादिङको चरौँदी नजिक आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा घटनास्थलमै १७ तथा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ भने घाइतेको उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =