एस मनि ट्रान्सफर मार्फत आइएमई गरेका बद्री लामाले जिते टाटा टियागो ईभी कार

काठमाडौँ । पोर्चुगलबाट एस मनि ट्रान्सफर मार्फत आइएमई गरेका सेवाग्राही दोलखाका बद्री लामाले टाटा टियागो ईभी कार जितेका छन् ।

काठमाडौँमा आयोजित कार्यक्रममा आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले भाग्यशाली विजेता लामाको तर्फबाट उनकी आमा नरमाया तामाङलाई टाटा टियागो ईभी कार हस्तान्तरण गरिन् ।

अध्यक्ष ढकालले कार विजेतालाई बधाई दिनुका साथै आइएमई प्रति ग्राहकहरूले देखाएको विश्वासप्रति धन्यवाद व्यक्त गरे । विदेशमा रहेर परिश्रम गरेर
कमाएको रकम औपचारिक माध्यमबाट स्वदेश पठाउँदा त्यसले परिवार, समाज र अर्थतन्त्रमा सकारात्मक प्रभाव पारिरहेको  पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

सो अवसरमा आइएमई लिमिटेडका  प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले विदेशको श्रम बजारमा काम गरेर मात्र धन–सम्पत्ति होइन, स्वदेशमा सीप र अनुभव हस्तान्तरण गर्दै उद्यमी बन्ने युवाको सङ्ख्या बढ्दै गएको बताए ।

गत कार्तिकदेखि माघसम्म सञ्चालित ‘एस मनि ट्रान्सफरको खबर छ, खुसी नै खुसी’ योजना अन्तर्गत विदेशबाट एस मनि ट्रान्सफरमार्फत पैसा पठाउने सेवाग्राहीहरू यो लक्की ड्रमा समावेश थिए । यसै योजनाअन्तर्गत दुई जना भाग्यशाली सेवाग्राहीहरूले आई फोन १६ इ पनि प्राप्त गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − seven =