केन्टद्वारा २९ जना आईसीसी टी–२० विश्वकप प्रत्यक्ष हेर्ने मुम्बई प्रस्थान
२०८२ फागुन ५ गते

काठमाडौँ । सिजी इलेक्ट्रोनिक्स अन्तर्गत विश्वकै अग्रणी पानी शुद्धीकरण ब्रान्ड केन्ट मिनरल आरओले आईसीसी टी–२० विश्वकप २०२६ लाई लक्षित गर्दै २९ जना डिलरहरूलाई मुम्बईको वानखेड़े स्टेडियममा निःशुल्क प्रत्यक्ष रूपमा खेल हेर्ने लगेको छ ।
उक्त डिलरहरूलाई ३ रात/ ४ दिनको मुम्बई भ्रमण प्याकेज पनि उपलब्ध गराइएको छ । यसअन्तर्गत काठमाडौँ–मुम्बई–काठमाडौँ दुईतर्फी हवाई टिकट, मुम्बईस्थित तारे होटलमा बसोबास तथा भोजनको व्यवस्था गरिएको छ ।
साथै, मुम्बईका प्रमुख पर्यटकीय स्थलहरूको अवलोकन भ्रमण (सिटी टुर) र वानखेडे स्टेडियममा हुने खेलका विशिष्ट टिकटसमेत समावेश गरिएको छ ।
केन्ट मिनरल आरओ शुद्ध पानीका लागि विश्वसनीय ब्रान्डका रूपमा परिचित छ र नेपालमा पनि ‘Most Trusted Brand in Nepal’ को रूपमा स्थापित छ ।
२०८२ फागुन ५ गते
प्रतिक्रिया
सम्बन्धित








