अमेरिकी सेनाले फेरि लियो हिन्द महासागरमा भेनेजुएलाका तेल ट्याङ्कर नियन्त्रणमा

काठमाडौं । पेन्टागनले आइतबार जानकारी दिएअनुसार अमेरिकी सेनाले रातभरको कारबाहीमा हिन्द महासागरमा भेनेजुएलासँग सम्बन्धित अर्को तेल ट्याङ्करलाई नियन्त्रणमा लिएर त्यसमा खानतलासी गरेको छ ।

‘वेरोनिका ३’ नामको उक्त जहाजलाई क्यारिबियन सागरदेखि हिन्द महासागरसम्म अमेरिकी अधिकारीहरूले पिछा गरेका थिए र अन्ततः त्यसलाई रोकेर निरीक्षण गरिएको पेन्टागनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जारी गरेको विज्ञप्तिमा जनाएको छ । जहाज ट्र्याकिङ र सामुद्रिक तथ्याङ्क वेबसाइटहरूले वेरोनिका ३ लाई पानामाको झण्डा भएको तेल ट्याङ्करका रूपमा पहिचान गरेका छन् ।

ठिक एक हप्ताअघि पनि अमेरिकी सेनाले भेनेजुएलासँग सम्बन्धित ‘एक्विला २’ नामको तेल ट्याङ्करलाई क्यारिबियनबाट पिछा गर्दै हिन्द महासागरमा नियन्त्रणमा लिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिसेम्बरमा भेनेजुएला प्रवेश गर्ने वा बाहिरिने सबै अमेरिकी प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि ‘पूर्ण नाकाबन्दी’ को आदेश दिएका थिए । जनवरी ३ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकी छापा र गिरफ्तारीपछि पनि यो नाकाबन्दी जारी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =