महाशिवरात्रि पर्वको अवसरमा देशभर शिवधुनी जगाएर भगवान शिवको आराधना

काठमाडौं । महाशिवरात्रि पर्वको विशेष अवसरमा देशभरका शिवालयहरूमा शिवधुनी जगाइएको छ ।

जसले आध्यात्मिक ऊर्जा र भक्तिको सन्देश फैलाएको छ । पशुपतिनाथ क्षेत्र लगायत देशभरका विभिन्न मन्दिर र घरहरूमा श्रद्धालुहरूले धुनी बालेर रातभर जागराम बसेका छन् ।

शिवधुनीलाई भगवान शिवको ज्योतिको प्रतीक मानिन्छ र यसले अज्ञानताको अन्धकार हटाउने विश्वास गरिन्छ । धार्मिक मान्यताअनुसार शिवरात्रिको रातमा धुनी जगाउँदा मन शुद्ध हुने र नकारात्मक ऊर्जा नष्ट हुने गर्दछ ।

विशेष गरी पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनहरूले ठूला–ठूला धुनी जगाएर भजनकीर्तन र शिवको महिमा गाएका छन् ।

धुनीको खरानीलाई प्रसादको रूपमा ग्रहण गर्ने चलन पनि रहेको छ । जसले शिवको नजिक पुगेको महशुस गराउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + eighteen =