साधु सन्तहरूको आगमनले पशुपति क्षेत्र गुञ्जायमान (भिडिओ)

काठमाडौँ । महाशिवरात्रिको पावन अवसरमा आराध्यदेव भगवान् पशुपतिनाथ क्षेत्रमा अहिले विशेष चहलपहल छ । आईतवारको महाशिवरात्री पर्वका लागि पशुपति क्षेत्र विकास कोषले सबै सुरक्षा, व्यवस्थापन र सजावटका कार्यहरू पूरा गरेको छ ।

महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति क्षेत्र अहिले साधु सन्तहरूको आगमनले भरिभराउ भएको छ । नेपाल तथा भारतका विभिन्न स्थानबाट ४ हजारभन्दा बढी साधुसन्त र नागा बाबाहरू पशुपति आइपुगेका छन् । विशेष गरी भारतका विभिन्न अखडाबाट सयौँ नागा बाबाहरूको उपस्थिति छ । उनीहरूले बाल्ने धुनीले पशुपति क्षेत्रमा एउटा फरक र आध्यात्मिक वातावरण सृजना गरेको छ ।


पशुपतिनाथको मुख्य मन्दिर र वरपरको क्षेत्रलाई फूल र आधुनिक बत्तीहरूले झिलिमिली पारिएको छ । वनकाली, भुवनेश्वरी, राम मन्दिर, मृगस्थली र बागमती किनारका क्षेत्रहरूमा रंगरोगन गरी आकर्षक बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =