जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले जनताको नजिक रहेर जनता केन्द्रित काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भानु नगरपालिका–५ नागनगिनीमा आज भेटघाट कार्यक्रममा उनले आफू जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको बताए ।

उपनिर्वाचनबाट विजयी भएपश्चात् जनताको नजिक रहेर काम गरिरहेको बताउँदै वाग्लेले सङ्घीय सांसदको काम ऐन, नियम बनाउनुपर्ने भएकाले काठमाडौँ बसाइँलाई अन्य दृष्टिकोणले नहेर्न आग्रह गरे ।

‘सङ्घ, प्रदेश र स्थानीय तहमा हाम्रो सरकार थिएन, त्यसैले केही गर्न सकेनौँ । सङ्घीय सांसदको मुख्य काम ऐननियम बनाउनु हो ।

कामका लागि राजधानी बसे पनि जनहित मेरो पहिलो प्राथमिकता हो’, डा वाग्लेले भने । उनले आगामी निर्वाचन र पार्टीको कार्यक्रमअनुसार जनताको आकाङ्क्षा पूरा गर्न प्रयास गर्ने प्रतिबद्धता गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + sixteen =