राष्ट्रिय हित प्रवर्द्धनका लागि कूटनीति र सञ्चार क्षेत्रबीचको रणनीतिक सहकार्य आवश्यक: परराष्ट्रसचिव राई

काठमाडौँ । परराष्ट्रसचिव अमृतबहादुर राईले बदलिँदो भूराजनीतिक परिदृश्यमा नेपालको राष्ट्रिय हितलाई सुरक्षित गर्न कूटनीति र सञ्चार क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताएका छन् ।

काठमाडौँमा आयोजित एक छलफलमा बोल्दै सचिव राईले डिजिटल मिडियाको युगमा परराष्ट्र नीति र सञ्चारको अन्तरसम्बन्धले देशको अन्तर्राष्ट्रिय छवि निर्माणमा निर्णायक भूमिका खेल्ने बताएका हुन् ।

सचिव राईले परराष्ट्र नीति र मिडियाको सम्बन्धबारे चर्चा गर्दै कूटनीतिज्ञ र पत्रकार दुवैका आफ्नै सीमा र जिम्मेवारी हुने भएपनि राष्ट्रिय हितका सवालमा एकै ठाउँमा उभिनुपर्ने बताए ।

उनकाअनुसार कूटनीतिले राष्ट्रिय स्वार्थको व्याख्या र वार्ता गर्छ भने सञ्चारमाध्यमले त्यसलाई आम नागरिक र अन्तर्राष्ट्रिय जगतसम्म पुर्याउने सेतुको काम गर्छ । विशेष गरी विदेशमा रहेका नेपालीहरूको संरक्षणका सवालमा उनले जनशक्तिको ठुलो खाडल रहेको औँल्याए । जापानको उदाहरण दिँदै उनले सन् १९६० मा दूतावास स्थापना हुँदाको दरबन्दी र अहिले तीन लाख नेपाली पुग्दाको दरबन्दी उस्तै रहनु चुनौतीपूर्ण भएको बताए ।

खाडी मुलुकमा फिलिपिन्स जस्ता देशको तुलनामा नेपाली कर्मचारीको संख्या निकै कम रहेको भन्दै उनले यस विषयमा राजनीतिक नेतृत्वको ध्यान जानुपर्नेमा जोड दिए ।

कर्मचारीतन्त्रीय ढिलासुस्तीका कारण समयमै सूचना र प्रेस विज्ञप्ति जारी गर्न नसकिएको कमजोरीलाई पनि उनले स्वीकार गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + five =